बागलुङ । खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ ।
बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ ।
होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । मेलामा आयोजना हुने कृषि मेला प्रदर्शनीको लागि पुरस्कारहरु नगद र प्रमाण पत्र, पुरुष भलिबलको प्रथम पुरस्कार नगद रु ५५ हजार, द्वितिय नगद रु ३३ हजार र सान्तवना रु ११/११ हजार २ समुहलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष जीवन साहनीले बताए ।
त्यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १५ हजार, द्वितिय नगद रु १० हजार र तृतिय नगद रु ७ हजार प्रदान गरिने संस्थाले जनाएको छ । होली मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ ।
सो अवसरमा ज्येष्ठ नागरिक, भुपु खेलाडी अभिनन्दन, सफल युवा व्यावसायी सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणलाई यस वर्ष पनि निरन्तरता दिईने संस्थाका सहसचिव प्रकाश थापाले जानकारी दिए। बैठकमा कार्य समितिका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
वि.सं २०४१ सालमा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा सकृय रहँदै आएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो