पोखरा । प्रहरीले १५ वर्ष अघिको ज्यान मुद्दाका फरार अभियुक्तलाई बुधबार पोखरामा सार्वजनिक गरेको छ । पोखराको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी जिल्ला धरान उपमहानगरपालिका घर भएका २० वर्षीय रोजन राईको हत्यामा संग्लग्न सातमुहानेका ४६ वर्षीय अशोक गुरूङलाई १५ वर्षपछि प्रहरीले बहराइनबाट पक्राउ गरी नेपाल ल्याएको हाे ।
प्रहरीका अनुसार २०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका हुन्।
उनलाई सम्बन्धित कसुरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएकाे हाे ।
कास्की प्रहरीले गत भदौमा मुद्दाको फलो अप गर्ने क्रममा जिल्ला अदालतले असोज ६ गते पक्राउ अनुमित प्रदान गरेको थियो । पक्राउ अनुमितसँगै कास्की प्रहरीको अनुरोधमा २०७८ मंसिर २७ मा गुरुङविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि इन्टरपोल महासचिवालय मार्फत‘रेड नोटिस’ जारी भएको थियो।
गुरुङलाई बुधबार पहिलोपटक कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


घटनाबारे थप विवरणः
पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मारिनेको आफन्त अत्तोपत्तो छैन
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा