संखुवासभा बस दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो 

संखुवासभा बस दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो 

accident

संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर माग गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ