गण्डकीमा सोमबारसम्म सक्रिय संक्रमित जम्मा ८५ जना, थप ६ जनामा कोरोना पुष्टि

गण्डकीमा सोमबारसम्म सक्रिय संक्रमित जम्मा ८५ जना, थप ६ जनामा कोरोना पुष्टि

covid-19-corona

पोखरा।    पछिल्लो २४ घण्टामा गण्डकीका थप ६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका २ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५ जना र स्याङ्गजा जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१४ पुगेको छ। भने, अहिले प्रदेशभर ८५ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds