गण्डकीमा सक्रिय संक्रमित जम्मा १६ जना, बिहीबार थप एक जनामा कोरोना पुष्टि

गण्डकीमा सक्रिय संक्रमित जम्मा १६ जना, बिहीबार थप एक जनामा कोरोना पुष्टि

Gandaki covid corona 1

पोखरा।     पछिल्लो २४ घण्टामा गण्डकीका थप एक जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४१५ जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा कास्कीका जिल्लाका छन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप २० जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ४९९ पुगेको छ। भने, गण्डकीमा हाल १६ सक्रिय संक्रमित छन्।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६६ रहेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds