लमजुङमा ग्यास लिक भएर आगोलागी हुँदा एक जना घाइते

लमजुङमा ग्यास लिक भएर आगोलागी हुँदा एक जना घाइते

lamjung-aaglagi

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका–१० खासुरबेँसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।

घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ ।

आगलागीबाट २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ