प्रधानमन्त्री देउवा स्वदेश फर्किए

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् ।

आइतबार बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी आइतबार साँझ काठमाडौँ आइपुगेका हुन् ।

उनी तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानगायतका सम्झौता भएका छन्।

साथै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा उद्घाटनसमेत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ