बिहेको प्रलोभन देखाएर ४२ लाख ठगी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

बिहेको प्रलोभन देखाएर ४२ लाख ठगी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

shrestha

काठमाण्डौ। बिहेको प्रलोभन देखाई विश्वासमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
रामेछाप जिल्ला साँघुटार नगरपालिका वडा नं -३ घर भइ हाल काठमाण्डौ धापासी बस्दै आएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई प्रहरीले ठगी गरेको आरोपमा आइतबार पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाका अनुसार श्रेष्ठले ठगी गर्ने योजना बनाई फोन मार्फत बिहेको आश्वासन देखाएर आफू कहिले बिरामी परेको बहाना देखाउँदै, कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै पीडितसँग आईएमई तथा सिटी एक्सप्रेस मार्फत पटक-पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ पठाउन लगाई ठगी गरेका थिए।
श्रेष्ठले उक्त रकम ठगी गरेको भन्ने जाहरी पश्चात महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले आइतबार काठमाण्डौको विशाल नगरबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ