स्याङ्जामा जीप दुर्घटनाः एक बालकसहित ५ जनाको मृत्यु, ६ गम्भीर घाइते

स्याङ्जामा जीप दुर्घटनाः एक बालकसहित ५ जनाको मृत्यु, ६ गम्भीर घाइते

accident

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।

आज (आइतबार) बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका– १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । मृतक पाँच जनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ