पोखरा । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तहको चुनावमा सत्ता गठबन्धन तोड्ने चेतावानी दिएको छ । नेपाली कांग्रेसले पेलेरै अगाडि बढ्न खोजेकाे भन्दै कास्कीमा गठबन्धनबीच मनमुटाव सिर्जना भएको छ । यहाँ काँग्रेसकाे पेलानमा जसपा फेरि पर्न लागेकाे हाे । गण्डकीमा काँग्रेस नेतृत्वकाे नयाँ सरकार गठन हुँदा पनि लिखित सहमति नै लत्याएकाे काँग्रेसले स्थानिय तह चुनावमा पनि जसपलाई चिसै पानीमा नुहाइदिने सम्भावना बलियाे बनेकाे छ ।
स्थानीय तहको चुनावमा जसपाले कास्कीमा कम्तिमा १ वटा पालिका प्रमुख र एउटामा उपप्रमुखकाे माग गरेकाे थियाे । याे प्रस्तावमा काँग्रेस असहमत भएपछि गठबन्धनबाट बाहिरीने चतावानी दिएको हो । यद्यपी अहिले पनि काँग्रेससहित गठबन्धनकाे बैठक बसिरहेकाे छ ।
कास्कीका चार गाउँपालिकाको वडा तहसम्मको भागवण्डा टुंग्याउन आइतबार साँझ गठबन्धनको बैठक बसेको थियो । त्यसमा कांग्रेसले एउटा पनि पालिकाको उपप्रमुखसमेत नदिने प्रस्ताव ल्याएपछि जसपाले एक्लै लड्ने मानसिकता बनाएको छ ।
‘हाम्रो माग सकेसम्म धेरै पालिकाको उपप्रमुख दिनुपर्छ भन्ने थियो । तर, बैठकमा हामीलाई समन्वय समितिको पदाधिकारी र वडाध्यक्ष दिने भनियो । त्यसपछि आफ्ना कुरा राखेर बैठकबाट निस्कियौँ,´ जसपाका एक नेताले भने ।
कास्कीमा पोखरा महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रूपा गरेर चार गाउँपालिका छन् । महानगरको मेयर-उपमेयर कुन पार्टीले पाउने टुंगो केन्द्रकै गठबन्धनले लगाउने भएकाले महानगरबारे कास्कीको गठबन्धनमा छलफल नै भएको छैन । गठबन्धनको बैठक सोमबार पुनः बस्दै छ । त्यसमा सहभागी हुने र सम्मानजनक व्यवहार नगरे एक्लै चुनाव लड्ने मनसाय जसपाका नेताहरूले बनाएका छन् ।
‘हामीले प्याकेजमा कसले के पाउने ल्याउनुस्, हुन्छ-हुँदैनमा जवाफ दिन्छौँ भनेका छौँ । हाम्रो चित्त नबुझे एक्लै चुनाव लड्छौँ,´ ती नेताले भने । २०७४ सालको निर्वाचनमा हालको जसपा (तत्कालीन संघीय समाजवादी)का उम्मेदवार हुम गुरुङले पाेखरामा ३ हजार १ सय ७० मत ल्याएका थिए ।
२०७६ सालको कास्की-२ को उपनिर्वाचनमा समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याएका थिए । चुनाव लडेका नेता हुम गत फागुनमा एमाले प्रवेश गरेका थिए । त्यही कारण कमजोर मानेर आफूहरूलाई कांग्रेसले पेलेर जान खोजेको आकलन जसपाका नेताको छ ।
तर, पोखरा महानगरमा जसपाको मत ३ हजार जति रहेको र गठबन्धनको हार-जितमा निर्णायक हुने जसपाका नेताको दाबी छ । `हामीले एक्लै लड्दा चुनाव जित्दैनौँ त्यो थाहा छ । तर, हामी निर्णायक बन्न सक्छौँ,´ जसपाका नेताले भने, `गठबन्धनमा कुरा नमिले अरु दलसँग तालमेल गरेर जान सक्छौँ । एमालेसँग जाने राजनीतिक सम्भावना छँदैछ ।´ गठबन्धनमा खटपट देखिएको जानकारी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसम्म पनि पुगेको छ ।
गठबन्धनबाट बाहिरीएर एमालेसँग तालमेल गरेर चुनावमा जान सक्ने जसपका अर्का नेता बताउँछन् । ‘गठबन्धनले स्थानीय चुनावमा जसपालाई सम्मान जनक व्यवहार गरेन । स्थानीय पालिकाहरुमा हामीलाई शून्य बनाउने प्रयास गरियो,’ उनले भने, ‘अब सम्मान जनक व्यवहार नभए एमालेसँग पनि तालमेल हुन्छ ।’
सम्बन्धित खबर
पोखराका मुख्य रुटहरूमा दसैंको टीकाको दिन निःशुल्क बस चल्ने
गण्डकीमा डेङ्गुबाट ७ जनाको मृत्यु, कास्कीमा सबैभन्दा बढी सङ्क्रमित
पानीको मूल्य बढी लिने पोखराको रेस्टुरेन्टलाई २ लाख जरिवाना
पोखरामा तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने
फेवाताल बीचको तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै
अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई पोखरामा सम्मान
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०