कास्की र मुस्ताङमा कोरोनाका ८ जना सक्रिय संक्रमित, गण्डकीका ९ जिल्ला कोरोनामुक्त

कास्की र मुस्ताङमा कोरोनाका ८ जना सक्रिय संक्रमित, गण्डकीका ९ जिल्ला कोरोनामुक्त

covid-19-corona

पोखरा।   पछिल्लो २४ घण्टामा गण्डकीका थप एक जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५० जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुने कास्कीका हुन् । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख २ हजार तीन पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप एक जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५२९ पुगेको छ।

गण्डकीका ११ जिल्ला मध्ये अहिले कास्कीमा ४ जना र मुस्ताङ जिल्लामा ४ जना गरी जम्मा ८ जना कोरोनाका सक्रिय संक्रमित छन्। संक्रमितहरु सबै होम आइसोलेसनमा छन्। भने, अन्य सबै ९ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ