काठमाडौँ । रुसले पूर्वी युक्रेनमा ठूलो स्तरको सैनिक आक्रमण थालेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् । नियमित भिडियो सन्देशमा उनले ‘डोनबासका लागि युद्ध’ शुरू भएको बताएका हुन्।
डोन्बासमा आक्रमणका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज तैनाथ गरेको समेत जेलेन्स्कीले बताएका छन्।
यद्यपि युक्रेनको रक्षाका लागि आफूहरु तयार रहेको उनको भनाइ छ । ‘रुसले जतिसुकै सेना ल्याए पनि केही छैन, हामी लडिरहनेछौँ। हामी आफ्नो प्रतिरक्षा गर्छौँ’, उनले भने ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैनिक आक्रमण थालेको थियो ।
सम्बन्धित खबर
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि