पोखरा महानगरको मेयरको टिकट गठबन्धनबाट एकीकृत समाजवादीले पाएको छ । पाँच दलीय सत्ता गठबन्धनले पोखराको मेयरको टिकट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेकाे हाे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा भर्खरै कांग्रेसले दाबी छाडेको हाे ।
पोखरामा सहमति जुटेपछि पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको टुंगो लगाएको छ। तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको छ ।
६ महानगरमध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका कांग्रेसले लिएको छ। त्यसैगरी चितवनको भरतपुर माओवादी केन्द्रले लिएको छ। जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज महानगरपालिका लिने सहमति भएको छ। सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने एक नेताले बताए ।
गत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी पोखरामा समाजवादीका अध्यक्ष नेपालले बलियो दाबेदारी गर्दै आएका थिए। तर, काँग्रेसको स्थानिय नेता, कार्यकर्ता भने रुष्ट छन् । सोमबार मात्रै जिल्ला कमिटि कास्कीका दुई सचिव र पोखरा महानगर कमिटिका दुई सचिवले विज्ञप्ति जारी गर्दै नेतृत्व छाड्नुपरे गठबन्धन आवश्यक नरहेको प्रष्ट पारेका थिए ।
दोस्रो पटक काठमाण्डौ पुगेका कास्की काँग्रेसका नेताहरु जिल्ल
काँग्रेसका स्थानिय नेताहरुले गठबन्धनको बैठकमा पनि सहभागिता जनाउने र पार्टी नेतृत्व गलाउन विज्ञप्तिबाजी पनि गर्ने काम गरे । सोमबार सचिवहरुले विज्ञप्ति निकाले भने गठबन्धन बैठकमा सभापतिले अनभिज्ञता जनाए । यी सबै काम केन्द्रीय केही नेताहरुकै निर्देशनमा कास्कीका सचिवद्वयले गरे । उनीहरुले कुनै हालतमा समाजवादीलाई नेतृत्व नसुम्पन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिनकै हेतु यसरी प्रयास गरेका थिए ।
कास्कीमा भाँडभैलोको अवस्था सिर्जना भएपछि कास्कीका प्रभावशाली नेताहरु मंगलबार बिहानै काठमाण्डौ गए । प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, नेता यज्ञबहादुर थापाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि ३ दर्जनको टोली गएर सभापति देउवासहितका मूख्य नेताहरुलाई भेटेर कुनै हालतमा पोखरा अरु पार्टीलाई नदिन भनिसकेका थिए ।
पोखराबाट बालुवाटार पुगेर मंगलबार दिउँसो सभापतिलाई भेटेका नेताले जिल्लामा नेकपा एकीकृत समाजवादीलाई टिकट दिँदा गठबन्धनको हार हुने जानकारी गराएका थिए । तर केही समय नबित्दै गठबन्धन बैठकमा काँग्रेसले मेयरको दाबी छाड्दै पोखरा नेकपा एसलाई नै दिने निर्णय गरेको छ ।
देउवालाई भेटेपछि नेता यज्ञबहादुर थापाले सञ्चारकर्मीसँग भने– ‘६०–६५ हजार मत हामीले होल्ड गर्छौँ । त्यो मत थोरै मत भएका पार्टीमा लगेर खन्याउनु ज्यादै अव्यावहारिक छ । गठबन्धन गर्न हुँदैन, भत्काउनपर्छ भन्ने हाम्रो भनाइ होइन । माधव नेपाल, प्रचण्डलाई वस्तुस्थिति अवगत गराइयोस् भनेर जिल्लाको एक्स–रे प्लेट राखिदिएका छौँ ।’
जवाफमा सभापति देउवाले गठबन्धनका अरु पार्टीलाई समेट्नुपर्ने दायित्व बुझिदिन आग्रह गरेका थिए । ‘गठबन्धनको कुरा छ । गठबन्धनका अरु पार्टीलाई समेट्नुपर्ने दायित्व र जिम्मेवारी छ । त्यसलाई तपाइँहरूले बुझ्नुपर्छ भन्ने शिष्टतापूर्ण आग्रह गर्नुभयो,’ थापाले सभापति देउवाको भनाइ उदृत गर्दै भने ।
पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने चर्चा चलेपछि कांग्रेस र समाजवादीबीच कास्कीमा मनमुटाव सिर्जना भएको छ । कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार दिउँसो विज्ञप्ति निकालेर पोखरामा मित्रवत् प्रतिस्पर्धा अर्थात् एक्ला–एक्लै चुनाव लड्ने बताएका थिए । साँझ पोखरा महानगर कमिटि सचिवद्वय टुवराज बास्तोला र गणेशबहादुर थापाले पनि साँझ विज्ञप्ति जारी गर्दै हैसियत भन्दा ठूलो माग गरेर समय बर्बादी गरेको जनाएका थिए । कास्कीमा समस्या देखिएपछि सभापति देउवाले स्थानीय नेताहरूलाई छलफल गर्न काठमाडौँ बोलाएका हुन् ।
काँग्रेस जिल्ला सचिव भानु ढकालले अहिले पनि सामाजिक सञ्जालमा गठबन्धनको विरोधमा धाराप्रवाह लेखिरहेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो