पोखरा । नयाँ वर्षको दिन गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री राम्जी बराल (जीवन) चढ्ने ग १ झ ४४५ नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भए । तनहुँ शुक्लागण्डकी वडा नं. २ एक्लेखेतका मिन बहादुर पाइजा र उनकी श्रीमती दानुमाया पाइजा घाइते थिए । पोखरा वडा नं. ३२, गगनगौंडा नजिकै खुदीमा वैशाख १ गते बिहान पौने ९ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते मिनबहादुरको उपचारकै क्रममा पाँचौ दिनमा ज्यान गएको छ । ३५ वर्षीय उनको मनिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई जानकारी दिए ।
ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए । गाडीको ठक्करबाट घाइते पाइजा दम्पतीलाई पोखराको मनिपाल अस्पताल लगिएको थियो । दुर्घटनापछि ५ दिनसम्म होस नआएका मिनबहादुरको सोमबार मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा हुईंकिएको जनाएका छन् । एक प्रत्यक्षदर्शीले भने – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हान्ने हो भन्ने लागिरहेको थियो हामीलाई ।
प्रवक्ता तिवारीले गाडीमा मन्त्री भए नभएकोबारे स्पष्ट थाहा नभएको बताए । घटनास्थलमा खटिएका प्रहरीबाट प्राप्त जानकारी अनुसार झण्डा छोपिएको अवस्थामा रहेको डिएसपी तिवारीले बताए । अर्थमन्त्रीका प्रेस संयोजक दिननाथ बरालले मन्त्री त्यतिबेला गाडीमा नभएको बताए ।
हेर्नुहोस् भिडियोः
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन