पोखरा । नयाँ वर्षको दिन गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री राम्जी बराल (जीवन) चढ्ने ग १ झ ४४५ नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भए । तनहुँ शुक्लागण्डकी वडा नं. २ एक्लेखेतका मिन बहादुर पाइजा र उनकी श्रीमती दानुमाया पाइजा घाइते थिए । पोखरा वडा नं. ३२, गगनगौंडा नजिकै खुदीमा वैशाख १ गते बिहान पौने ९ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते मिनबहादुरको उपचारकै क्रममा पाँचौ दिनमा ज्यान गएको छ । ३५ वर्षीय उनको मनिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई जानकारी दिए ।
ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए । गाडीको ठक्करबाट घाइते पाइजा दम्पतीलाई पोखराको मनिपाल अस्पताल लगिएको थियो । दुर्घटनापछि ५ दिनसम्म होस नआएका मिनबहादुरको सोमबार मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा हुईंकिएको जनाएका छन् । एक प्रत्यक्षदर्शीले भने – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हान्ने हो भन्ने लागिरहेको थियो हामीलाई ।
प्रवक्ता तिवारीले गाडीमा मन्त्री भए नभएकोबारे स्पष्ट थाहा नभएको बताए । घटनास्थलमा खटिएका प्रहरीबाट प्राप्त जानकारी अनुसार झण्डा छोपिएको अवस्थामा रहेको डिएसपी तिवारीले बताए । अर्थमन्त्रीका प्रेस संयोजक दिननाथ बरालले मन्त्री त्यतिबेला गाडीमा नभएको बताए ।
हेर्नुहोस् भिडियोः
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल