शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीले एक अनलाइन पत्रिकाका सञ्चालकलाई पक्राउ गरेको छ। ‘हलेसीपाटी डट कम’ नामक अनलाइन पोर्टल सञ्चालनको स्वीकृति लिएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका ३६ वर्षीय मनोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङमा परेको उजुरीका आधारमा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले पक्राउ परेका गिरीमाथि जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।
गिरीले ब्रिलियन्ट मल्टिपल क्याम्पस, सिफल, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेको भनी सूचना तथा प्रसारण विभागमा अर्काको कागजात कीर्ते गरी पेश गरेको खुलेको थियो।
उक्त क्याम्पसबाट कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको प्रमाणपत्रमा सबै कुरा समान पाइएको प्रहरीले जनाएकाे छ।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि