पाेखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेलको उम्मेदवारी १ नम्बरमा दर्ता भएको छ । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । पाैडेलले सामाजिक सञ्जालमार्फत अाह्वान गरी नयाँ मतदाता अाफ्नाे प्रस्तावक र समर्थक रहने र इच्छुकमध्ये लक्की ड्र गरिने जनाएका थिए ।
उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए ।
स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारी ले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । ‘यसमा युवाहरुको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,’ उनले भने ।
त्रिपक्षीय मत बाँडिने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए । हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरि सकेका छन् । अहिले मुख्य राजनीतिक दलका उम्मेदवारी बाहेक स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाहरुले उम्मेद्वारी दर्ता गराई रहेका छन् ।
पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो