पोखरा । एमालेबाट पोखरा महानगरपालिकाको मेयरका लागि टिकट पाइसकेर पनि खोसिएका नेता दीपक पौडेलले पार्टीभित्रकै षडयन्त्रकारी तत्वले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।
एमाले केन्द्रीय सचिवालय बैठकले १० गते पौडेललाई पोखराको मेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, भोलिपल्टै पार्टीले टिकट फिर्ता गरी कृष्ण थापालाई दिएको छ । पौडेलले सोमबार विज्ञप्ति जारी गरी आफ्नो भनाइ सार्वजनिक गरेका छन् ।
विज्ञप्तीमा उनले मूख्यतः २ कुरामा जाेड दिएका छन् । पहिलाे, भ्रमपूर्ण प्रचारबाजी झुट रहेकाे भन्दै कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गरेका छन् । दाेस्राे, पार्टी सचिवालय बैठककाे निर्णय विपरित आएको अप्रत्याशित निर्णयप्रति असहमति प्रकट गरेका छन् । याे भनेकाे कृष्ण थापाकाे नाममा टिकट दिइनु हाे । सचिवालय बैठकले सांसदहरूलाई टिकट नदिने निर्णय गरेकाे थियाे ।
पौडेलको विज्ञप्ति:
मिति २०७९ वैशाख १२ प्रेस विज्ञप्ति कामको श्रेष्ठताको आधारमा मैले मेयरको टिकट पाएँ । केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे ।
पार्टी अध्यक्ष केपी शर्मा वलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे । मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उमेदवार बनाएको थियो ,पार्टी अध्यक्षज्युले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरि निर्णय परिवर्तन गर्न सुझाव माग्नु भयो । म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबध्दता प्रकट गरे । तर पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्याशित निर्णयप्रति भने असहमति प्रकट गर्दछु ।
पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने नै छु । मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु । यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु ।
मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन ,अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु । मलाई शुभेच्छा प्रकट गर्ने हजारौं जनसमुदाय तथा आफन्तजनप्रति आभार प्रकट गर्दै ,गलत प्रवृत्तिकाविरुद्ध सदाझै पार्टीमा रहेर संघर्ष गर्ने प्रण गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।
दिपक पौडेल
सचिवालय सदस्य
नेकपा एमाले गण्डकी प्रदेश
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब