गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट कृष्णबहादुर थापा उम्मेदवार छन् । नेता दीपक पौडेललाई मेयरको टिकट दिने भनेर पार्टीले गरेको निर्णय उल्टिएपछि सोमबार बिहानै उनले खुसीको खबर सुन्न पाए । मेयरको उम्मेदवारी दर्ता गर्नुअघि गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका थापाले राजीनामा दिएका छन् । राजीनामा बुझाउन सोमबार दिउँसो प्रदेशसभा सचिवालय नदीपुर पुगेका थापासँग गरिएकाे संक्षिप्त कुराकानीः
२०५४ सालमा मेयर हुँदा र अहिलेको परिस्थिति फरक छ । चुनाव जितेमा कुन विषयलाई प्राथमिकता दिनुहुन्छ ?
पार्टी अध्यक्ष र पार्टीले मलाई विश्वास गरेर पोखरा महानगरपालिकाको मेयरको टिकट दिएको छ । चुनाव जितेमा हामी जनताको दैनिक कामलाई चुस्त, पारदर्शी र सर्वसुलभ बनाउनेमा केन्द्रित हुनेछौँ ।
पोखरामा अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाउँछौँ । त्यही गुरुयोजनाअनुसार भविष्यमा पोखरालाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा भएको, सभ्य-सुसंस्कृत नागरिकले बसोबास गरेको आर्थिक रूपले सम्पन्न महानगर बनाउने र भविष्यमा स्मार्ट सिटीको रुपमा अघि बढाउने सोच छ ।
२०५४ सालमा पोखरा सानो थियो । त्यतिबेला जम्मा ५५ वर्ग किलोमिटर थियो । अहिले साढे चार सय किलोमिटरमा पोखरा फैलिएको छ । वडा थपिएका छन्, गाविस महानगरमा गाभिएको अवस्था छ । हरेक वडा, हरेक घरदैलोमा सेवा पुर्याउनु हाम्रो प्राथमिकता हुन्छ ।
पार्टी टुटफुटको अवस्था छ । एमाले नै एकताबद्ध हुन आवश्यक छ । टुटफुटले असर गर्ने हो कि ?
लोकतान्त्रिक, प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरेर स्वस्थ प्रतिस्पर्धा गर्छौं । अहिले त्यो सकियो र अब एकजुट भएर अघि बढ्छौँ र जित्छाैँ। एमालेको एकजुट भएर अगाडि बढ्ने जुन संस्कृति छ त्यसलाई अबलम्बन गरेर हाम्रो नेता-कार्यकर्ता र जनताको साथले नै अघि बढ्छौँ ।
मेयरमा तपाईंभन्दा अगाडि अर्कै नेताको नाम थियो । उहाँसँग मिलेर कसरी अगाडि बढ्नुहुन्छ ?
उहाँ (दीपक पौडेल) मेरो दाजु हुनुहुन्छ । पार्टीले जे निर्णय गरेको छ त्यसलाई आत्मसाथ गरेर सँगसँगै पार्टीको हितका लागि अगाडि बढ्छौँ ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभयो । मतदाताको बेवास्ता भएन र ?
प्रदेशसभा सदस्यमा मलाई भारी मतले जिताउनु हुने मेरो निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद भन्छु । त्यसको साथै म अहिले पनि जनताको सेवामा तल्लीन भएकाले आठ महिना कार्यकाल बाँकी रहँदारहँदै पार्टीले मौका दिएको छ । म निरन्तर जनताको काममा गोरुजस्तै नम्र बनेर जनताको सेवामा समर्पित रहने छु ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी