विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक केन टनाकाको निधन

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक केन टनाकाको निधन

kane_tanaka

FILE PHOTO: Kane Tanaka, born in 1903, smiles as a nursing home celebrates three days after her 117th birthday in Fukuoka, Japan, in this photo taken by Kyodo January 5, 2020. Mandatory credit Kyodo/via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. MANDATORY CREDIT. JAPAN OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN JAPAN./File Photo

काठमाडौँ । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ।

टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो।

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्।

उनी जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी थिइन्। उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो।

नर्सिङ होममा रहँदा उनी विभिन्न खेल खेल्नेदेखि गणितका हिसाबहरु समेत हल गर्थिन् भने सोडा र चकलेट खान मन पराउँथिन्।

युवा अवस्थामा उनी खानेकुरा व्यवसायी थिइन्। उनले एक शताब्दी अगाडि १९२२ मा हिडेओ टनाकासँग विवाह गरेकी थिइन्। उनीहरुका चार छोराछोरी थिए भने पाचौँ चाहिँ पछि एडप्ट गरिएको थियो।

उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसाय चलाएकी थिइन्।

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुसीको क्षण भएको बताएकी थिइन्।

अहिलेसम्मकै सबैभन्दा लामो समय जिवित रहनेमा चाहिँ फ्रान्सेली महिला जिन लुइस केलमेन्ट पर्दछिन्। उनको १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ