काठमाडौँ । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ।
टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्।
उनी जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी थिइन्। उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो।
नर्सिङ होममा रहँदा उनी विभिन्न खेल खेल्नेदेखि गणितका हिसाबहरु समेत हल गर्थिन् भने सोडा र चकलेट खान मन पराउँथिन्।
युवा अवस्थामा उनी खानेकुरा व्यवसायी थिइन्। उनले एक शताब्दी अगाडि १९२२ मा हिडेओ टनाकासँग विवाह गरेकी थिइन्। उनीहरुका चार छोराछोरी थिए भने पाचौँ चाहिँ पछि एडप्ट गरिएको थियो।
उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसाय चलाएकी थिइन्।
विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुसीको क्षण भएको बताएकी थिइन्।
अहिलेसम्मकै सबैभन्दा लामो समय जिवित रहनेमा चाहिँ फ्रान्सेली महिला जिन लुइस केलमेन्ट पर्दछिन्। उनको १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको थियो।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’