पोखरा महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा ९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यालयमा आइतबार र सोमबार गरेर प्रमुखमा २९ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।
उम्मेदवारीहरुको नामावली
मेयरमा
कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), खडकराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) छन् । ३ जनाकाे नाम आउन बाँकी छ ।
उपमेयरमा
मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट –गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र)
गबठन्धनबाटै ३ बागी
गठबन्धनको विरोध र रुखमै भोट हाल्न पाउनुपर्ने मागसहित पोखराको मेयरमा ३ जनाले गठबन्धनबाट बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका प्रभावशाली नेताहरुले नै बागी उम्मेदवारी दिएका हुन् । नेताहरु नन्दप्रसाद तिवारी, ऋषि सापकोटा र विमलबहादुर कार्कीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । तिवारी नेपाली कांग्रेस कास्कीका पूर्व सचिव हुन् । सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने कार्की तरुण दल पोखरा १४ को संस्थापक अध्यक्ष हुन् ।
सम्बन्धित खबर
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
पर्यटन दिवसमा असोज १० गते लेकसाइडमा सडक महोत्सव हुने
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि