पोखरा । पोखरा महानगरपालिका सहित कास्कीका पाँच पालिकामा पनि उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका छन् ।
पाेखरामा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराए । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर र कांग्रेसकी कोपिला रानाभाटले उपमेयरमा मनोनयन दर्ता गराए ।
कास्कीको मादी गाउँपालिकामा एमालेबाट शिवबहादुर गुरुङ (महेन्द्र) अध्यक्ष र कल्पना गुरुङ उपाध्यक्षकी उम्मेदवार भएकी छन् । कांग्रेसबाट अध्यक्षमा देवीजंग गुरुङले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसको उम्मेदवारी परेन । माओवादीका लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी हालेका छन् । काँग्रेसले कास्कीकाे पाेखरा बाहेकका स्थानमा गठबन्धन नगर्ने जनाएपनि कांग्रेस र माओवादीले मादीमा गठबन्धन गरेका हुन् ।
माछापुच्छ्रे गाउँपालिकामा एमालेबाट विक्रम गुरुङ र सीता तिवारी अधिकारी क्रमशः अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भएका छन् । कांग्रेसबाट मीन गुरुङ र सीता अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट विष्णु केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षकी उम्मेदवार छिन् । कांग्रेसले अध्यक्षमा युवराज कुँवरलाई फेरि उम्मेदवार बनाएको छ । उपाध्यक्षमा यसअघि पराजित खिमकुमारी गुरुङ उम्मेदवार भएकी छन् ।
रुपा गाउँपालिकामा एमालेले अहिलेकै अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङलाई दोहोर्याएको छ । कांग्रेसबाट गिमाया गुरुङ अध्यक्ष र नारायणप्रसाद श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन् ।
अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित
कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
फेवातालमा बेपत्ता युवकको शव फेला
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन