१ लाख २४ हजार सहित पोखराको अर्चलबोटमा तास खेलिरहेका ९ जना पक्राउ

१ लाख २४ हजार सहित पोखराको अर्चलबोटमा तास खेलिरहेका ९ जना पक्राउ

juwade-1

सांकेतिक तस्बिर

पोखरा। कास्की प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई नगदसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -२ अर्चलबोट डेरा गरी बस्ने माछापुछ्रे गाउँपालिका -१ घर भएका ५० वर्षीय राम बहादुर पुन सहित ९ जनालाई १ लाख २४ हजार ७३० रुपैयाँ सहित पक्राउ गरेको हो।
पुनको कोठामा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउँसो उनीहरुलाई नगदसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ