चितवनमा एउटा घरमा आगलागी हुँदा ६ वटा पसल जले

चितवनमा एउटा घरमा आगलागी हुँदा ६ वटा पसल जले

aaglagi_chitwan

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा घरमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएका छन्।

तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आगलागीमा परेर बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।

आज बिहान २ बजेदेखि भएको आगलागी चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds