हुम्लामा एक म्यादी प्रहरी मृत फेला

हुम्लामा एक म्यादी प्रहरी मृत फेला

death body

हुम्ला । हुम्लाको सिमकोटमा एकजना म्यादी प्रहरी मृत अवस्थामा फेला परेका छन्।

सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जस बहादुर रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा रोकाया मृत अवस्थामा भेटिएका हुन्।

रोकायाको मृत्युको घटना शंकास्पद रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ