पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेसका बिमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशन अटेर गर्दै उनले मनोनयन फिर्ता नलिएका हुन् । काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर, उहाँले जानीजानी फिर्ता नलिएको बताएका छन् । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । उनले गठबन्धन कुनै हालतमा नस्वीकार्ने बताउँदै आएका थिए ।
दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए
तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए ।
तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनले बताएका छन् ।
सम्बन्धित खबर
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
पर्वतीय फोटो प्रदर्शनी सुरु
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि