पाेखरा महानगरपालिकाकाे वडाअध्यक्षमा सत्तारुढ पार्टीबीचकाे गठबन्धनकाे प्रयास असफल भएकाे छ । वडा भागबण्डामा दलहरुबीच स्थानीय तहमा सहमति हुन नसक्दा गठबन्धनकाे प्रयास असफल भएकाे हाे । सबै वडामा गठबन्धनका उम्मेदवारले दिएकाे उम्मेदवारी कायमै रहेकाे छ ।
स्थानीय तहमा गरिएकाे भागबण्डामा पाेखराका ३३ वडा मध्ये २० वडा कांग्रेस, ८ वडा माओवादी केन्द्र र ४ वटा वडा नेकपा एसलाई परेकाे थियाे । नेकपा एस र माओवादीकाे भागमा परेका वडामा काग्रेसका कार्यकर्ता आन्दाेलित भएका थिए । अब भने सबै वडामा कांग्रेसकाे उम्मेदवारी कायमै रहेकाे छ भने माओवादी र एसले दिएकाे उम्मेदवारी पनि कायमै रहेकाे छ ।
मेयर र उपमेयरमा भने भागबण्डा अनुसार नै भएकाे छ । मेयरमा नेकपा एसबाट धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट काेपिला रानाभाटकाे उम्मेदवारी परेकाे छ । यद्यपी, मेयरमा कांग्रेसका विमल कार्कीकाे बागी उम्मेदवारी कायमै रहेकाे छ ।
सम्बन्धित खबर
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
पर्वतीय फोटो प्रदर्शनी सुरु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि