नेकपा एमालेले ३० वैशाखको चुनाव लक्षित पोखरा महानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शनिबार पोखरामा आयोजित कार्यक्रममा एमालेको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रोरेल चलाउन सम्भाव्यता अध्ययन गर्ने र कार्य प्रारम्भ गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ। भ्रष्टाचार, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने एमालेको यसपटकको घोषणा पत्रमा पनि उल्लेख गरेको छ ।
महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।
यसपटकको चुनावमा एमालेबाट कृष्णबहादुर थापा मेयर र मन्जुदेवी गुरुङ उपमेयर उम्मेदवार छन् । मन्जुदेवी यसअघि पनि पोखराको उपमेयर निर्वाचित भएकी थिइन् । उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा मेयरका प्रत्यासी थापाले आफू निर्वाचित भएपछि पाउने सेवासुविधा गरिबको सेवा र विकासका काममा लगाउने प्रतिबद्धता गरे । उनले यो चुनाव नै आफ्नो अन्तिम हुने र अब कुनै चुनाव नलड्ने घोषणा गरे ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95558″ /]
सम्बन्धित खबर
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित