चितवनमा बाघको आक्रमणबाट ६५ वर्षीय वृद्धको मृत्यु

चितवनमा बाघको आक्रमणबाट ६५ वर्षीय वृद्धको मृत्यु

tiger

चितवन । चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

आइतबार बिहान कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको थियो । उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट एकजना माहुतेको मृत्यु भएको थियो।

शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds