मुस्लिम समुदायले इद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

मुस्लिम समुदायले इद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

ID_इद

d’l:nd wd{dfGg]x?sf] ljif]z kj{ Obsf] cj;/df 306f3/ l:yt d:hLbdf k|fy{gf ub}{ wdf{nDjLx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन्।

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो।

यसैबीच इदको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन्।
इदउल फित्र पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ