काठमाडौँ । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर एकल कन्सर्ट गरेका हुन्।
राजुले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।
‘६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,’ गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।’
उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ।
यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि