चितवनमा एक युवकको छुरा हानी हत्या

चितवनमा एक युवकको छुरा हानी हत्या

1ph

चितवन । चितवनमा एक युवकको छुरा प्रहारबाट हत्या भएको छ।

भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो।

भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो।

छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार परियारका घुँडाबाट माथि जताततै १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ।

छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ