माछा मार्ने क्रममा खोलामा डुबेर २ जनाको मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर २ जनाको मृत्यु

death body

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।

छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ।

सोमबार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा मंगलबार डुबेको अवस्थामा फेला परेका थिए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ