मतदान गर्न गएका ७० वर्षीय वृद्धको मृत्यु

मतदान गर्न गएका ७० वर्षीय वृद्धको मृत्यु

death body

काठमाडौँ । बैतडीमा मतदान गर्न गएका ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

पाटन नगरपालिका–६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए।

बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। विष्टको मृत्युसँगै मतदान केहीबेर प्रभावित भए पनि अहिले मतदान चलिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ