मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका टसि गुरुङले ५१४ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ढोका गुरुङले ५२९ मत पाइन्।
२०७४ मा लोमान्थाङको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।