गठबन्धनलाई हराउँदै लमजुङको मर्स्याङ्दी -१ मा एमालेको प्यानलै बिजयी

गठबन्धनलाई हराउँदै लमजुङको मर्स्याङ्दी -१ मा एमालेको प्यानलै बिजयी

Yemale

लमजुङ। मर्स्याङ्दी गाउँपालिका वडा नं -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् ।
वडाध्यक्ष समेत रहेका उम्मेदवार रुद्रमान गुरुङ यसपाली पनि ४२२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याएका छन् ।
एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ (३९५ मत), दलित महिला सदस्यमा गंगामाया विक (३८५ मत), खुला सदस्यमा निर्मलजंग गुरुङ (३९० मत) र हेमजंग गुरुङ (३८८ मत) विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार अर्जुन गुरुङले ४ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका लोकनाथ घिमिरेले १ सय १८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका उम्मेदवार जुनामाया थापाले ४ सय ५ मत ल्याएकी छन् भने नेकपा माओवादी केन्द्रका अजय तामाङले १ सय १८ मत ल्याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ