पोखराको मतगणना अपडेट: गठबन्धनका आचार्य ५३२ मतले अग्रस्थानमा, उपमेयरमा मन्जु अगाडि

पोखराको मतगणना अपडेट: गठबन्धनका आचार्य ५३२ मतले अग्रस्थानमा, उपमेयरमा मन्जु अगाडि

election

पोखरा महानगरको पछिल्लो मतगणना अनुसार गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालय कास्कीले दिएको जानकारी अनुसार कूल १३ हजार २९७ मत गणना गर्दा गठबन्धनका मेयरका उम्मेदवार आचार्यले ५३६९ मत पाएर अगाडि छन्। उनलाई पछ्याउंदै नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाले ४८३७ मत प्राप्त गरेका छन्।
यस्तै, उप प्रमुखतर्फ कांग्रेसकी कोपिला रानाभाटले ५४०९ मत प्राप्त गरेकी छन् भने, एमालेकी मन्जु गुरुङले ५४५४ प्राप्त गर्दै रानाभाटलाई पछाडि पारेकी छन्।
यस्तै राप्रपा हलोबाट रन्जना शेनले ६ सय मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ