पोखरा । पार्टीले उठाएको उम्मेदवार जिताउन आफू निरन्तर खट्दा पनि चरित्र हत्या गर्ने षड्यन्त्र भएको भन्दै एमाले केन्द्रीय सदस्य राजिव पहारीले आपत्ति प्रकट गरेका छन् ।
यही ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनिक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
उनले कसैका केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिएर गरिएका क्रियाकलापहरूप्रति घोर भर्त्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफूसँग सम्बन्धित नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित अडियो रेकर्डमा असम्बन्धित मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार वा जानकारी सम्प्रेषण नगर्न पनि आग्रह गरे ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका पहारीले षड्यन्त्रको हल्ला फिजाउँन सक्रिय हुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

यसअघि, एमाले कास्कीले पनि अडियो प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो