विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।
कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना स्थलमा नाराबाजी गरेका थिए । कांग्रेसले निर्धारितभन्दा बढी प्रतिनिधि राखेर धाँधली गरेको भन्दै एमालेका कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकिएको थियो । एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात गरेका कांग्रेस कार्यकर्ताले माफी मागेपछि मतगणना पुनः सुरु भएको हो ।
एमाले नेता दामाेदर बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेकाे भन्दै पत्रकार महासंघ कास्कीले खेद व्यक्त गरेकाे छ ।
पत्रकारसँग एमाले नेता बैरागीले माफी मागे
पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेका नेकपा एमाले कास्की नेता दामोदर बैरागीले आफूले जानीजानी पत्रकारमाथि दुर्व्यवहार नगरेको भन्दै माफी मागेका छन् ।
मतगणनास्थलमा रहेको मिडिया सेन्टरमा उपस्थित भएर उनले आफूले फरक प्रसंगमा उक्त भनाइ राख्न पुगेको दाबी गरे । ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति म सधैं सचेत छु । संविधानले दिएका मौलिक हकहरुको पूर्ण कार्यान्वयनमा जिम्मेवारपूर्वक लाग्नेछु,’ उनले भने, ‘मैले जुन खालकाे गल्ती गरें, त्यसप्रति म माफी माग्छु । अरु प्रसंगमा भनेका कुरा हुन् । संयोगले परेको हो ।
पत्रकार सुवेदीले भनेः याे विषयमा राजनीति नगरियाेस्
दुर्व्यवहारमा परेका पत्रकार सुवेदीले फेसबुकमार्फत अब यस विषयमाथि राजनीति नगर्न भनेका छन् ।
उनले लेखेका छन्– ‘पाेखरा महानगरकाे मतगणना जारी छ । वडा नम्बर ७ काे मतगणनाका क्रममा विवाद भएर राेकिएकाे थियाे । गठबन्धनले धाँदली गर्न खाेजेकाे भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेकाे थियाे । घटनाका विषयमा एमाले नेता दमाेदर बैरागीलाई अनलाइनखबरका लागि प्रश्न साेध्ने क्रममा उहाँले धम्कीपूर्ण भाषा प्रयाेग गर्नुभएकाे थियाे । उहाँले पछि गलत भएकाे महसुस गरी मिडिया सेन्टरमा आएर माफी मागेपछि याे विषय टुंगिएकाे छ । याे विषयलाई अब नउचालि दिनुहुन र राजनीतिक रङ नदिन म सबैलाई अनुराेध गर्दछु । कसैप्रति हामी पूर्वाग्राही हुने छुट छैन र त्याे हामी गर्दैनाैं । भीडलाई उत्तेजित पार्ने काम हामी गर्दैनाैं । गतगणनालाई निश्पक्ष, विवाद र भयरहित सम्पन्न गराउने पनि हाम्राे दायित्व हाे । सत्यतथ्य समाचार संप्रेषण गर्न र पेशागत धर्म निभाउन हामी कटिवद्ध छाैं ।’
एमाले उपाध्यक्ष अधिकारीलाई हातपात गर्ने कांग्रेस कार्यकर्ताद्वारा क्षमायाचना
पोखरा वडा नं. ७ को मतगणना भइरहँदा नेपाली काँग्रेसका कार्यकर्ताले एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात भएकाे जिकिर एमाले पक्षले गरेकाे छ । मतगणना अनुगमन गर्न गएका अधिकारीमाथि काँग्रेस वडा नं. ७ का अध्यक्षका उम्मेदवार राममोहन आचार्यको नेतृत्वमा काँग्रेसका कार्यकर्ताले दुर्व्यवहार सहित हातपात नै गरेकाे दाबी उनीहरूले गरेका छन् ।
संलग्न काँग्रेस कार्यकर्ताले क्षमायाचना गरिसकेपश्चात सर्वदलिय बैठक बसी मतगणना सुरू गरिएकाे हाे ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु