पाेखरामा काँग्रेसी प्रतिनिधि धेरै राखेर धाँधली गरेको भन्दै एमालेद्वारा नाराबाजी, मतगणना जारी

पाेखरामा काँग्रेसी प्रतिनिधि धेरै राखेर धाँधली गरेको भन्दै एमालेद्वारा नाराबाजी, मतगणना जारी

damodar amrit

तस्वीरः सुदर्शन रञ्जीत

विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।

कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना स्थलमा नाराबाजी गरेका थिए । कांग्रेसले निर्धारितभन्दा बढी प्रतिनिधि राखेर धाँधली गरेको भन्दै एमालेका कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकिएको थियो ।  एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात गरेका कांग्रेस कार्यकर्ताले माफी मागेपछि मतगणना पुनः सुरु भएको हो ।

एमाले नेता दामाेदर बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेकाे भन्दै पत्रकार महासंघ कास्कीले खेद व्यक्त गरेकाे छ ।

पत्रकारसँग एमाले नेता बैरागीले माफी मागे

पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेका नेकपा एमाले कास्की नेता दामोदर बैरागीले आफूले जानीजानी पत्रकारमाथि दुर्व्यवहार नगरेको भन्दै माफी मागेका छन् ।

मतगणनास्थलमा रहेको मिडिया सेन्टरमा उपस्थित भएर उनले आफूले फरक प्रसंगमा उक्त भनाइ राख्न पुगेको दाबी गरे । ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति म सधैं सचेत छु । संविधानले दिएका मौलिक हकहरुको पूर्ण कार्यान्वयनमा जिम्मेवारपूर्वक लाग्नेछु,’ उनले भने, ‘मैले जुन खालकाे गल्ती गरें, त्यसप्रति म माफी माग्छु । अरु प्रसंगमा भनेका कुरा हुन् । संयोगले परेको हो ।

पत्रकार सुवेदीले भनेः याे विषयमा राजनीति नगरियाेस्

दुर्व्यवहारमा परेका पत्रकार सुवेदीले फेसबुकमार्फत अब यस विषयमाथि राजनीति नगर्न भनेका छन् ।

उनले लेखेका छन्– ‘पाेखरा महानगरकाे मतगणना जारी छ । वडा नम्बर ७ काे मतगणनाका क्रममा विवाद भएर राेकिएकाे थियाे । गठबन्धनले धाँदली गर्न खाेजेकाे भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेकाे थियाे । घटनाका विषयमा एमाले नेता दमाेदर बैरागीलाई अनलाइनखबरका लागि प्रश्न साेध्ने क्रममा उहाँले धम्कीपूर्ण भाषा प्रयाेग गर्नुभएकाे थियाे । उहाँले पछि गलत भएकाे महसुस गरी मिडिया सेन्टरमा आएर माफी मागेपछि याे विषय टुंगिएकाे छ । याे विषयलाई अब नउचालि दिनुहुन र राजनीतिक रङ नदिन म सबैलाई अनुराेध गर्दछु । कसैप्रति हामी पूर्वाग्राही हुने छुट छैन र त्याे हामी गर्दैनाैं । भीडलाई उत्तेजित पार्ने काम हामी गर्दैनाैं । गतगणनालाई निश्पक्ष, विवाद र भयरहित सम्पन्न गराउने पनि हाम्राे दायित्व हाे । सत्यतथ्य समाचार संप्रेषण गर्न र पेशागत धर्म निभाउन हामी कटिवद्ध छाैं ।’

एमाले उपाध्यक्ष अधिकारीलाई हातपात गर्ने कांग्रेस कार्यकर्ताद्वारा क्षमायाचना

पोखरा वडा नं. ७ को मतगणना भइरहँदा नेपाली काँग्रेसका कार्यकर्ताले एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात भएकाे जिकिर एमाले पक्षले गरेकाे छ । मतगणना अनुगमन गर्न गएका अधिकारीमाथि काँग्रेस वडा नं. ७ का अध्यक्षका उम्मेदवार राममोहन आचार्यको नेतृत्वमा काँग्रेसका कार्यकर्ताले दुर्व्यवहार सहित हातपात नै गरेकाे दाबी उनीहरूले गरेका छन् ।

संलग्न काँग्रेस कार्यकर्ताले क्षमायाचना गरिसकेपश्चात सर्वदलिय बैठक बसी मतगणना सुरू गरिएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds