पोखरा महानगरपालिकामा कुल खसेको मतमध्ये आधा मतगणना भएको छ । ३० वैशाखमा भएको चुनावमा १ लाख ४३ हजार २२६ मत खसेकोमा शुक्रबार साँझसम्म ७२ हजार ९१८ (५०.९१ प्रतिशत) मतगणना भएको छ ।
५० प्रतिशत मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २९ हजार ८०७ मत (२०.४३ प्रतिशत) पाएका छन् ।
नेकपा एमालेका कृष्णबहादुर थापाभन्दा आचार्य ३४ सय ४२ मतले अगाडि छन् । थापाले २६ हजार ३६५ (१८.०७ प्रतिशत) मत पाएका छन् । । राप्रपाका शंकर खरालले ३१ सय ४५, स्वतन्त्र उम्मेदवार खडकराज पौडेल गनेसले १९ सय ६६ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङभन्दा ८४ मतले अगाडि छन् । कोपिलाले ३० हजार २६० (२०.७४ प्रतिशत) र मञ्जुले ३० हजार १७६ (२०.६९ प्रतिशत) मत पाएकी छन् । राप्रपाकी रन्जना सेन पौडेलले २९ सय ६९ मत ल्याएकी छन् ।