पोखरा -१४ मा फराकिलो मतान्तरका साथ काँग्रेसका कार्की बिजयी

पोखरा -१४ मा फराकिलो मतान्तरका साथ काँग्रेसका कार्की बिजयी

bodhraj

पोखरा महानगरपालिका वडा नं -१४ को अध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की विजयी भएका छन् । कार्कीले नेकपा एमालेका उम्मेदवार डेलबहादुर गुरुङलाई पराजित गरेका हुन्। बिजयी कार्कीले ३ हजार २ सय ९० मत प्रात गरे भने, गुरुङले १७५४ मत प्राप्त गरे।

यस्तै, खुल्ला सदस्यमा नेपाली काग्रेसका कृष्णहरि काफ्ले र नेकपा एमालेका गोपाल प्रसाद सापकोटा विजयी भए । काफ्लेले २ हजार ३ सय ७३ मत प्राप्त गरे भने सापकोटाले १ हजार ९ सय ५३ मत प्राप्त गरे ।

महिला सदस्य नेपाली काग्रेसकी दिलमाया गुरुङले २ हजार ८ सय ४९, दलित महिलामा नेपाली काग्रेकी तनुजा सार्कीले २ हजार ६ सय ४६ प्राप्त गदै विजयी बने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ