पोखरा महानगरपालिकामा ८२ हजार २५४ मतगणना गर्दा मेयरका उम्मेदवार धनराज आचार्यले ३४६९ मतको अग्रता लिएका छन्।
आचार्यले ३३ हजार ३२१ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले २९ हजार ८५२ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरतर्फ एमालेकी उम्मेदवार मंजु देवी गुरुङले २९९ मतको अग्रता लिएकी छन्। गुरुङले ३४ हजार ९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३३ हजार ८०० मत प्राप्त गरेकी छन्।