पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन कार्यालयले दिएको पछिल्लो अपडेट अनुसार ९२ हजार ५६१ मतगणना गर्दा आचार्यले ३७ हजार १२२ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३३ हजार ८५० मत ल्याएका छन्। आचार्य थापा भन्दा ३२७२ मतले अगाडि रहेका छन्।
यस्तै, उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार मन्जु देवी गुरुङले अग्रता कायम राखेकी छन्। गुरुङले ३८ हजार ५७६ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३७ हजार ५४५ मत पाएकी छन्। गुरुङ रानाभाट भन्दा १०३१ मतले अगाडि रहेकी छन् ।

पोखरा महानगरको मतगणना अपडेट : मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता कायमै
प्रतिक्रिया