पोखरा –१५ मा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेको प्यानलै बिजयी

पोखरा –१५ मा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेको प्यानलै बिजयी

Pokhara-15-Team

पोखरा महानगरपालिका वडा नं –१५ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । अध्यक्षका उम्मेदवार तोरण बहादुर बानियाँको टोली प्यानलै सहित बिजयी भएको हो।
बिजयी बानियाँले २३३८ मत प्राप्त गरे। उनले नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार मिन बहादुर गिरिलाई ६३६ मतले पराजित गरे। गिरिले १७०२ मत पाएका थिए ।
यस्तै, खुल्ला सदस्य तर्फ आशिष भण्डारीले २३७९ मत पाए भने वलराम पौडेलले २१८० मत ल्याए ।
यता, दलित महिला सदस्यतर्फ मन्दिरा परियारले २२९१ प्राप्त गरिन् भने, महिला सदस्यमा सेतीमाया गुरुङले २३०० मत प्राप्त गर्दै बिजयी बनिन् ।

वडा नं –१५ बाटै मेयरतर्फ कृष्ण थापाले १९७४ र गठबन्धनका धनराज आचार्यले १५८१ मत पाए । यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु देवि गुरुङले २२३३ मत पाइन् भने, नेपाली काँग्रेसकी कोपिला रानाभाटले १५४४ मत प्राप्त गरिन्।

पोखरा–१५ बाट राप्रपाले अध्यक्षमा४८९ र स्वतन्त्र लौरोले १३८ मत प्राप्त गर्यो ।

२०७४ सालको निर्वाचनमा पनि १५ नंवर वडा बाट नेकपा एमालेको प्यानल बिजयी बनेको थियो ।

भिडियो 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ