खराब मौसमका कारण मुक्तिनाथ उडेको सिम्रिक एयरको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

खराब मौसमका कारण मुक्तिनाथ उडेको सिम्रिक एयरको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

simrik

कास्की। पोखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ