पोखरामा आचार्य र गुरुङको अग्रता कायमै, मन्जुले ५० हजार कटाइन्

पोखरामा आचार्य र गुरुङको अग्रता कायमै, मन्जुले ५० हजार कटाइन्

Dhanraj-aacharya-manju-gurung

मुख्य निर्वाचनको कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरको १ लाख १९ हजार ३१९ मत गणना गर्दा गठबन्धनका आचार्यले अग्रता कायमै राखेका छन्।
आचार्यले ४७ हजार ९९२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४४ हजार १३९ मत पाएका छन्।
यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मन्जु गुरुङले अग्रता फराकिलो बढाउँदै लागेकी छन्। गुरुङले ५० हजार २६० मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४७ हजार ४७० मत पाएकी छन्।

यस्तै राप्रपाको हलोले ५ हजार १६४ मत पाउँदा स्वतन्त्रको लौरो चिन्हले २ हजार ८१५ मत पाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ