पोखरा। सोमबार दिउँसो ३ बजे सम्म पोखरा महानगरको १ लाख २८ हजार ३१६ मत गणनाको नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजामा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले ५१ हजार ८८१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४७ हजार ५७१ मत पाएका छन्।
यस्तै, उपमेयर तर्फ मन्जु गुरुङले ५४ हजार ३२८ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५० हजार ६२६ मत प्राप्त गरेकी छन्।
राप्रपाको हलोले ५ हजार ४३४ मत प्राप्त गरेको छ भने, स्वतन्त्रको लौरो चिन्हले२ हजार ८९६ मत प्राप्त गरेको छ।
मतगणना जारी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ।