पोखरा १७ मा महानगरकै एक्लो महिला वडाध्यक्ष

पोखरा १७ मा महानगरकै एक्लो महिला वडाध्यक्ष

radhika

पोखरा। एमाले नेतृ राधिका शाही पोखरा १७ को वडा अध्यक्षमा निर्वाचित भएकी छन्। शाहीले काँग्रेसका उम्मेदवार देवराज आचार्यलाई पराजित गर्दै पोखरा महानगरकी एक्लो महिला वडा अध्यक्षमा निर्वाचित भएकी हुन्।
शाहीले २ हजार ६ सय २५ मत ल्याउँदा देवराजले २ हजार ५ सय ४२ मत पाएका छन् । शाहीसँगै उक्त वडामा नेकपा एमालेको प्यानलै बिजयी बनेको छ।
निर्वाचित हुनेहरुमा महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds