पोखरामा मेयरमा आचार्य र उपमेयरमा गुरुङको जीत सुनिश्चित

पोखरामा मेयरमा आचार्य र उपमेयरमा गुरुङको जीत सुनिश्चित

Dhanraj-aacharya-manju-gurung

पोखरा महानगरको १ लाख ३४ हजार ३ सय ५१ मत गणना गर्दा गठबन्धनका धनराज आचार्य र नेकपा एमाले उपमेयरकी उम्मेदवार मन्जु गुरुङको जीत सुनिश्चित देखिएको छ। आचार्य एमालेका कृष्ण थापा भन्दा ४ हजार ८ सय ९२ मतले अगाडि रहेका छन्।

मुख्य निर्वाचनको कार्यालयले दिएको जानकारी अनुसार आचार्यले ५४ हजार ६७८ मत पाएका छन् भने थापाले ४९ हजार ७ सय ८६ मत पाएका छन्। यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु गुरुङले ४ हजार ७ मायाले अग्रता लिएकी छन्। गुरुङले ५६ हजार ९ सय ६६ प्राप्त गर्दा नेपाली गठबन्धनबाटै काँग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत प्राप्त गरेकी छन्।

अब पोखरा महानगरको करिब ५ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ