पोखरा । देशभर आज मंगलबार बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी क्षेत्रका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला