कांग्रेसले पनि माग्यो पोखराको दुई वडामा पुनः मतगणना

कांग्रेसले पनि माग्यो पोखराको दुई वडामा पुनः मतगणना

congress pradarshan

पोखरा । नेपाली कांग्रेसले पनि पोखरा महानगरपालिकाको २ वटा वडाको पुनः मतगणनाको माग गरेको छ। कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय कास्कीलाई निवेदन पठाएको हो ।

दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। वडा नम्बर १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी भएकी छन्। प्रधानले एक हजार १४५ ल्याउदा कांग्रेस उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत पाएकी थिइन्।

यस्तै, वडा नम्बर १७ मा ८३ मत अन्तरले एमालेकी राधिका शाही विजयी भएकी छन्। शाहीले दुई हजार ६२५ र कांग्रेस उम्मेदवार देवराज आचार्यले दुई हजार ५४२ मत पाएका थिए।

यसअघि नेकपा एमालेले वडा नम्बर १८ र ३१ को मतपरिणाम अस्विकार गर्दै पुनः मतगणनाको माग गरेको थियो । एमालेका प्रतिनिधि मतगणनामा सहभागी हुन नमान्दा अहिले मतगणना नै स्थगित भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds